झापाको रतुवा खोलाको बाढीले बगाउँदा बिहीबार एक पुरुषको मृत्यु भएको छ ।

बाढीले बगाउँदा झापाको दमक नगरपालिका १ स्थित सरस्वती टोलका ५३ वर्षका मोहन रामदामको मृत्यु भएको हो ।

खोलामा बग्दै आएको शव दमक ७ को रतुवा पुल नजिकै स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया