चोरीमा संलग्न रहेको अभियोगमा चार जनालाई काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बुधवार पक्राउ गरेको छ ।
टोखा नगरपालिका–७ बसुन्धरा नमुनाटोल डेरा गरी बस्ने स्याङ्जा घर भएकी ४८ वर्षीया पुष्पा भण्डारी उपाध्यायको कोठाबाट सुनका विभिन्न गरगहना तथा नगद गरी २५ लाख ४ हजार ९ सय रुपैयाँ बराबरको धनमाल गत जेठ २७ गते दिउँसो चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
साथै अनुसन्धानको क्रममा जेठ २७ गते काठमाडौं कलंकी डेरा गरी बस्ने मनिष पौडेलको कोठाबाट ल्याप्टप तथा महत्वपूर्ण कागजपत्रहरू, काठमाडौं महाराजगंजस्थित विशेष प्याकुरेलको घरबाट नगद, ल्याप्टप तथा अन्य कागजपत्रहरू र असार २ गते दिउँसो काठमाडौं नागार्जुन स्युचाटार बस्ने आकाश खड्काको डेरा कोठाबाट ल्याप्टप तथा अन्य धनमाल समेत चोरी भएको खुल्न आएको छ ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।