इलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगर सहित २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिबार साँझ झापा गाउँपालिका-१ सालमारास्थित झुलुङे पुल बगानमा चेकजाँचमा खटिएको प्रहरीको टोलीले साईकल यात्री भारत किसनगंज कुतवाभिट्टाका ४० वर्षीय जुलमात हुसेन र साईकल पछाडी सवार २० वर्षीय तोसिफ आमललाई १७ ग्राम २२० मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।

लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका उनीहरुको घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया