झापाको मेचीनगर नगरपालिका १४ स्थित फूलबासा खोलाले बगाएर एकजना बालकको मृत्यु भएको छ ।

मेचीनगर १४ का बामरा सतारको डेढ वर्षीय छोरा रिहान सतार मृत्यु भएको हो । घर नजिकै रहेको फूलबासा खोलामा खेल्ने क्रममा अचानक पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया