बुढीगंगामा बुढीगंगा गाउँपालिकाकाे अार्थिक सहयोग र नागरिक अधिकार संरक्षण मञ्चकाे संयाेजनमा सार्वजनिक सुनुवाई कार्यक्रम हुने भएको छ । असार १६ गते आइतबारका दिन बिहान ११:०० बजे देखि बुढीगंगाकाे टंकीसिन्वारी जेसिज भवनकाे सभा हलमा कार्यक्रम गर्न लागेकाे हाे ।

गाउँपालिकाले आर्थिक बर्ष २०८०/२०८१काे आयव्याय प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । गाउँ बासिहरुसंग जनअपेक्षा अनुरुप काम काज अगाडि बढाउने, जनताकाे हक अधिकार ,गुनासाे सुन्ने गरि कार्यक्रम आयाेजना गरिएको पालिका अध्यक्ष जितनारायण थापा मगरले बताए । हालसम्म गरिकाे गाउँपालिकाले हरेक कामकाे जनताबाट मुल्यांकन गरि आउने दिनमा अझ राम्रो र जनताकाे भावना अनुरुप अगाडि बढ्ने समेत थापाले बताए । कार्यक्रममा गाउँपालिका बासिहरुलाई समयमा उपस्थिति भई अाफ्नाे चासाे गुनासाे राख्दिन हुन समेत यसै मिडियावाट निमन्त्रणा दिएका छन् ।

 

तपाईको प्रतिक्रिया