राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ र विद्यार्थीहरु अर्को शैक्षिक अध्यायमा प्रवेश गर्दैछन् । माध्यमिक शिक्षाकै रुपमा परिभाषित गरिएपनि यो चरण विद्यार्थीका लागि विशेष मानिन्छ । विशेष यसकारण कि, यहींबाट उनीहरुले आफ्नो भविष्यको यात्रा तय गर्नुपर्ने हुन्छ । अर्थात् भोलि के बन्ने ? कस्तो पेशा–व्यवसाय रोज्ने ? कुन क्षेत्रमा करियर बनाउने ? यी सम्पूर्ण कुराको धरातल निर्माण गर्ने चरण कक्षा ११ र १२ हो । कक्षा ११ र १२ मा विद्यार्थीले रोज्ने कलेज, छनौट गर्ने विषयले उनीहरुको भविष्य निर्धारण गर्न सक्छ । समग्रमा भन्नुपर्दा उच्च शिक्षाको लागि यो महत्वपूर्ण जग हो । यसरी करियर निर्माणको प्रवेश विन्दु भएकाले कक्षा ११ र १२ कहाँ पढ्ने, कुन कलेज रोज्ने, कुन संकाय छनौट गर्ने भन्ने कुरामा विद्यार्थी र अभिभावक द्विविधा हुनेगर्छ । मुलुकभर थुप्रै उमावि छन् । ती सबैमा एकरुपता छैन । चाहे सेवा सुविधाको हिसाबले होस चाहे नतिजाको हिसाबले होस् । यस्तो पृष्ठभूमीमा आफ्नो लागि अनुकुल उमावि छनौट गर्नु पक्कै पनि विवेकसम्मत निर्णय जरुरी हुन्छ । पछिल्लो समयमा निजी मात्र होइन, सामुदायिक विद्यालयहरुले समेत उत्कृष्ट शैक्षिक वातावरणमा शिक्षा दिलाउन थालिसकेकाले पैसा खर्च गर्दा मात्र राम्रो शिक्षा पाइन्छ भन्ने भ्रमबाट विद्यार्थीहरु मुक्त हुन जरुरी छ । राम्रा ‘प्लस टु’ को खोजीमा रहेका विद्यार्थी र अभिभावकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले हामीले यहाँ केही शैक्षिक संस्था र उनीहरुले समेटेका कार्यक्रमबारे जानकारी दिने प्रयास गरेका छौं । हामीले यहाँ समेटेका प्लस टुहरु उत्कृष्ट पक्कै हुन् तर यी मात्रै उत्कृष्ट हुन् भनेर ठोकुवा भने गर्दैनौँ । यहाँ उल्लेख भएका शैक्षिक संस्था विद्यार्थीका लागि सही शैक्षिक गन्तव्य सिद्ध हुनेमा भने ढुक्क रहन सकिन्छ । यहाँ उल्लेख भएका शैक्षिक संस्था विद्यार्थीका लागि सही शैक्षिक गन्तव्य सिद्ध हुनेमा भने ढुक्क रहन सकिन्छ । प्रमुख मापदण्डको रुपमा लामो समयदेखि शैक्षिक गुणस्तरमा सम्झौता नगरी संचालनमा आएका प्लस टुलाई प्राथमिकता दिइएको छ । हामीले यहाँ प्रस्तुत गरेका राम्रा ‘प्लस टु’ माथि आफैं अध्ययन गरेर आफ्ना लागि कुन उपयुक्त हुन्छ भन्ने कुराको यकिन अभिभावक र विद्यार्थीले आफैं गर्न सक्छन् । राम्रो व्यवस्थापन, उत्कृष्ट फ्याकल्टी, अनुभवी प्राध्यापक, पूर्वाधारमा लगानी, समय र परिवेश सुहाउँदो पाठ्य सामग्रीले गर्दा यी शिक्षण संस्था अब्बल हुन भन्नेमा विश्वस्त हुन सकिन्छ । यिनै विषयलाई हामीले उत्कृष्ट शैक्षिक संस्था छनौटको आधार बनाएका छौं । यसरी करिब ३ दर्जन प्लस टु संचालन गर्ने शैक्षिक संस्थालाई यो सामग्रीमा समेटिएको छ । उत्कृष्ट तर उस्तै–उस्तै शैक्षिक परिणाम रहेका धेरै शैक्षिक संस्थालाई समेट्ने क्रममा कतिपय शैक्षिक संस्थालाई एउटै नम्बरमा समेटेर लैजानुपरेको छ ।

देशका बेस्ट प्लस टु (र्याङ्किङको आधारमा)

May be an image of 6 people and text

विराटनगरमा अबस्थित अरनिको प्लस टु देशकै उत्कृष्टमा आठाैँ र काेशी प्रदेशकाे  गरिमाकाे रुपमा कहलिएकाे छ । यस शैक्षिक संस्था गुस्तरिय शिक्षा र उत्कृष्ट नतिजाका लागि देशभर प्रख्यात रहेकाे छ । विद्यालय तहको परीक्षामा यहाँका विद्यार्थीले देशभरमै सर्वोत्कृष्ट अंक हासिल गरेको इतिहास छ । देशभरका उत्कृष्ट शैक्षिक संस्थाहरुको पंक्तिमा अरनिकोले आफूलाई पनि स–गरौव उभ्याएको छ । लामो शैक्षिक इतिहास बनाएको अरनिको आवासीय माध्यामिक विद्यालय विसं २०३३ सालमा स्थापना भएको हो । त्यसयता अविछिन्न उत्कृष्ट नतिजा हासिल गर्दै आएको अरनिकोले विद्यार्थीहरुलाई सुनौलो भविष्य निर्माणका लागि बलियो धरातल उपलब्ध गराउँदै आएको छ । देशभरका उत्कृष्ट शैक्षिक संस्थाहरुको पंक्तिमा अरनिकोले आफूलाई पनि स–गरौव उभ्याएको छ । अरनिकोले गौरवमय इतिहास रच्नुको पछाडि परिपक्क, अनुभवी, उत्तरदायी र दक्ष शिक्षक समूह मूल कडी हुन् । २०५६ सालदेखि यस शैक्षिक संस्थाले कक्षा ११ र १२ को पठनपाठन गराउँदै आएको छ । कक्षा ११ र १२ मा विज्ञान र व्वस्थापन संकाय सञ्चालन गर्दै आएको छ । यस विद्यालयले गौरवमय इतिहास रच्नुको पछाडि परिपक्क, अनुभवी, उत्तरदायी र दक्ष शिक्षक समूह मूल कडी हुन् । त्यससँगै उत्कृष्ट व्यवस्थापन र वैज्ञानिक पठनपाठनले यसको गरिमालाई उँचो बनाएको हो । यही पृष्टभूमीका कारण अरनिको पटकपटक सर्वोत्कृष्ट माध्यमिक विद्यालयको पुरस्कारबाट पुरस्कृत भएको छ ।

 

तपाईको प्रतिक्रिया