इटहरीकाे सिबि स्कुलका विद्यार्थीहरूले एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल बनेका छन् ।

२६ जना सहभागी विद्यार्थी मध्ये १७ जनाले एसइइमा ए प्लस ल्याएका छन् भने ९ जनाले ए ग्रेड ल्याएका छन् । २०५९ साल देखि सुरु भएको एसएलसी परीक्षामा समेत उत्कृष्ट नतिजा ल्याउँदै आएको सिबि स्कुलले एसइइ सुरु भए देखि अहिले सम्म पनि सत प्रतिशत नतिजा ल्याउँदै आएको छ । किताबको ज्ञान सँगै व्यवहारिक शिक्षालाई प्राथमिकता दिएर अध्ययन अध्यापन गराउँदै आएको सिबि स्कुल अभिभावकहरूको रोजाइमा पर्दै अाएकाे छ ।

तपाईको प्रतिक्रिया