विराटनगर / विराटनगर–७ स्थित रंगेली रोडमा अवस्थित मेरिल्याण्ड कलेजले आफूलाई देशभरीकै उत्कृष्ट कलेजका रूपमा स्थापित गरिसकेको छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहेनती प्राध्यापक, शिक्षक शिक्षिकाहरुका कारण यो कलेज सबैको रोजाइमा पर्न सफल भएको हो । २०५९ सालमा स्थापित मेरिल्याण्ड व्यवस्थापन शिक्षामा एक अब्बल शैक्षिक संस्था बनेको प्रमाणहरू धेरै छन् । स्थापनाकाल देखिनै सधै टप टेनमा पर्न सफल मेरिल्याण्ड पढाई बाहेक अन्य अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै उत्कृष्ट रहँदै आएको छ । व्यवस्थापन संकाय मात्र पढाई हुने मेरिल्याण्डमा प्लस टु, बिबिएस र सिए प्रोग्रामहरु छुटाछुट्टै अत्याधुनिक सुविधा सम्पन्न भवनमा भयरहित वातावरणमा पढाइ हुने गरेको छ । व्यवस्थापन शिक्षाका लागि विद्यार्थी र अभिभावकले पनि मेरिल्याण्डलाई नै रोज्ने गरेका छन् । यसको कारण यहाँको व्यवस्थापकीय पक्ष र उत्कृष्ट पढाइ नै हो । मेरिल्याण्डको नतिजा हेर्ने हो भने सँधै उत्कृष्ट पाइन्छ ।

२०७८ सालमा कक्षा –१२ को परीक्षामा छात्रा दिया अग्रवालले नेपालमै सर्बाधिक ३.९६ जीपीए ल्याएर सर्वाेत्कृष्ट हुन सफल भइन् । त्यस्तै बिबिएसतर्फ सिम्रन अग्रवालले तेश्रो र चौथो बर्षको त्रिभूवन विश्वविद्यालयले लिएको परीक्षामा उत्कृष्ट अंक ल्याएर नेपाल प्रथम भएकी थिइन् । त्यस्तै यसै वर्षको सिए आइकनद्वारा लिएकोे अन्तिम परीक्षामा मेरिल्याण्ड सिए एकेडमीकी छात्रा शालु अग्रवाल बोर्ड प्रथम भएकी थिइन् । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालमा लिएको परीक्षामा मेरील्याण्ड कलेजका विद्यार्थीले कक्षा १२ को परीक्षामा सर्वाेत्कृष्ट नतिजा ९५.३७ प्रतिशत ल्याउन सफल भएका थिए । १२ को परीक्षामा ए प्लस (३.६१–४ ) जीपीए ५६ जना, ए (३.२१–३.६०) जीपीए ल्याउने ३२१ जना, बी प्लस (२.८१–३.२०) जीपीए २३२ जना र बी (२.४१–२.८०) जीपीए ल्याएर १८७ जना विद्यार्थी उत्तिर्ण भएका थिए । हरेक वर्ष काठमाडौं बाहिर सम्भवत मेरिल्याण्डको रिजल्ट मात्रै उत्कृष्ट आउने गरेको प्रिन्सीपल लक्ष्मण ढकालकाे दाबी छ । यो परिणाम विद्यार्थीको मेहनत, शिक्षकको लगनशीलता, अभिभावको आफ्नो छोरा छोरी प्रतिको चासो र ब्यवस्थापनको अथक मेहनतबाट संभव भएको उहाँकाे भनाइ छ । अहिले पनि मेरिल्याण्डबाट पास भएका विद्यार्थीहरु देश विदेशमा नाम राख्न सफल छन् । कलेजले विद्यार्थीलाई नियमित मूल्यांकन गरी वर्षभरी विशेष कोचिङको व्यवस्था गर्ने र कलेजमा शतप्रतिशतसम्म छात्रवृत्तिको पनि व्यवस्था छ । गुणस्तरीय शिक्षा प्रदान गरेकै कारण विराटनगरका मात्र नभएर पूर्व मेचीदेखि मधेश प्रदेशको जनकपुर, सिरहा, सप्तरी, वागमती प्रदेश र अन्य विभिन्न जिल्लाहरूका विद्यार्थीको रोजाई नै मेरिल्याण्ड पर्ने गरेको छ । यस कलेजमा प्रशस्त भौतिक पूर्वाधार, सीसी क्यामरा जडान सहित सुहाउँदो कक्षा कोठाहरूमा विद्यार्थी भयरहित वातावरणमा अध्ययन गर्न पाउँछन् । शुद्ध पिउने पानी, स्वस्थकर क्याफेटेरिया, विद्यालयले स्थानीय र टाढाका विद्यार्थीको सहजताको लागि कलेजको यातायातको व्यवस्था गरेको छ । सुविधा सम्पन्न अत्याधुनिक कम्प्यूटर ल्याब रहेकाे कलेजमा वर्षभरि नै विद्यार्थीहरुलाई निः शुल्क कोचिङको पनि व्यवस्था छ । निरन्तर शैक्षिक परामर्श, विद्यार्थीहरूमा भएका प्रतिभा प्रस्फुटन गराउन अतिरिक्त क्रियाकलापहरूको साथै निरन्तर कृति विकास प्रशिक्षण मेरिल्याण्डका प्रमुख विशेषता हुन् । यसरी गुणस्तरीय शिक्षासँगै, समयसापेक्ष व्यवहारिक र रोजगारमुखी शिक्षा दिएको कारणले अभिभावक र विद्यार्थीको रोजाइमा पर्न मेरिल्याण्ड कलेज सफल भएको हो ।

तपाईको प्रतिक्रिया