काभ्रेको रोशी गाउँपालिकाको सानो भुक्देउ खोला तर्ने क्रममा  बगेर एकजनाको मृत्यु भएको छ । आइतबार साँझ ७ बजेको समयमा काभ्रे जिल्लाको रोशी गाउँपालिका -१ सानो भुक्देउस्थितमा सोही ठाउँ बस्ने ४५ वर्षीय कमल विक खोलाले बगाएर बेपत्ता भएका थिए।

रोशी १ न वडाको वडा अध्यक्ष श्रीदास लामाले विकलाई विहान मृत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।  प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको लामाले बताए ।

खोला तर्नेक्रममा विककी श्रीमती र छोरी पनि साथैमा थिए। उनीहरू भने सकुशल रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया