क्यानडा लाने भनेर सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारेर रकम ठगी गरेको आरोपमा झापाका एक युवा पक्राउ परेका छन् ।
बिर्तामोड-९ घर भई ललितपुरको चाङथली बस्ने २३ वर्षीय पुरूषोत्तम भण्डारी प्रहरीले पक्राउ गरेको हो ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार भण्डारीले पीडितहरुलाई क्यानडा लाने भनेर प्रलोभनमा पारेर विभिन्न व्यक्तिका नाममा भएका बैंक खाताहरूमा पटकपटक गरी ८४ लाख १५ हजार ६२५ रूपैयाँ पठाउन लगाएर ठगी गरेका छन् ।
पक्राउपछि उनलाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया