काठमाडौँ । भारतको केरलको वायनाडमा मंगलबार पहिरो खस्दा १५ जनाको मृत्यु भएको छ । घाइते ५० जनालाई अस्पतालमा भर्ना गरिएको छ ।

पहिरोमा ठूलो संख्यामा मानिस फसेको हुन सक्ने अनुमान गरिएको छ । वनमन्त्री एके ससीनन्दनले पहिरोमा कति मानिस फसे भन्ने यकिन संख्या थाहा हुन नसकेको बताए । पीडितको उद्धारका निम्ति एयरफोर्सको हेलिकोप्टर प्रयोग गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परी मृत्यु भएकाका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । त्यहाँको प्रधानमन्त्री कार्यालयले मृत्यु भएकाका परिवारलाई जनही दुई लाख र घाइतेका परिवारलाई ५० हजार भारु दिने जनाएको छ ।

 

तपाईको प्रतिक्रिया