काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १५ सय रूपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला १ लाख ४६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १५ सय रूपैयाँले बढेर १ लाख ४८ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी,आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ६ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी आज ४० रूपैयाँले बढेर १ हजार ७ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया