इटहरी । सुनसरीको इटहरी २० मा नावालक बालबालिकाहरुलाई मादक पदार्थ बिक्रि गर्ने रोक लगाईने भएको छ । पछिल्लो समयमा बालबालिकाहरु सानै उमेरमा बिग्रन थालेको भन्दै होटल तथा पसलहरुमा मादक पदार्थ तथा धुम्रपान मध्यपान विक्रि वितरणमा रोक लगाईने भएको हो ।

इटहरी वडानम्बर २० ले आयोजना गरेको शान्तीसुरक्षा बारे छलफलमा बालबालिकाहरु विग्रदै गएको भन्दै मादक पदार्थ बेच्दा उमेर समुह हेर्ने भएको हो । इटहरी तथा तरहरा आसपासको क्षेत्रमा सानै उमेरमा भट्टी पसल छिर्नेहरु बढेको भन्दै नावालक बालबालिकाहरुलाई चुरोट खैनी देखि अन्य मादक पदार्थ बेच्न नपाईने निर्णय भएको इटहरी २० का वडाअध्यक्ष मणिराम श्रेष्ठले बताए ।

नेपालीहरुको महान चाड दिपावलीलाई मनाउदा सामाजिक नियम पालना गर्ने,नावालाकलाई मदिरा बेचविखान समेत नगर्ने समहमती भएको हो । शान्तीसुरक्षालाई ब्यवस्थित गर्ने जुवा तास लगायत अबैध गतिविलाई नियन्त्रण गर्नु पर्ने इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए । समाज सुधार समाजकै नेतृत्वमा हुने भन्दै सबैलाई सचेत रहन कार्यक्रममा आग्रह गरिएको थियो ।

तपाईको प्रतिक्रिया