सुनसरी, सुनसरीको ईटहरी उप-महानगरपालिका-११ बाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् भने पक्राउ परेकाहरुले दिएको सूचनाको आधारमा बीर मेडिलकल हलका संचालकलाई समेत पक्राउ गरिएको छ ।

सोमवार राती ७ बजे चेकजाँचमा खटिएको प्रहरी चौकी खनारको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा को ३४ प ६२ नम्बरको मोटरसाईकलमा सवार चालक बुढिगंगा गाउँपालिका-७ का २२ बर्षीय राहुल उराव र पछाडी सवार रहेका सुन्दरहरैचा नगरपालिका-३ का २५ बर्षीय सुमन मोक्तानलाई निट्राभेट ८ ट्याब्लेट, ईनपाईन ३ ट्याव्लेट, स्पास्मो ३ ट्याब्लेट सहित पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुलाई सोधपुछ गर्ने क्रममा ईटहरी-१० मा संचालित बीर नारायण मेडिकल हलबाट खरिद गरी ल्याएको खुल्न आएपछी उक्त मेडिकल हलमा खानतलासी गर्ने क्रममा मेडिकल हलबाट ८५८ ट्याब्लेट लागुऔषध स्पास्मो बरामद भएको थियो । लागुऔषध बरामद भए संगै मेडिकल हल संचालक ईटहरी १० का ३० बर्षीय उमेश चौधरीलाई समेत पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया