बिराटनगर / स्थानीय तहका जनप्रतिनिधि सुविधाभोगी भएको भन्दै चर्चा हुने गरेको छ तर केही जनप्रतिनिधिले पाएको सुविधा सामाजिक कार्यमा खर्च गरिरहेको भने ओझेलमा परेको छ । आफूले पाउने सुविधाको रकम र पारिश्रमिक सामाजिक कार्यमा खर्च गरिरहेका मोरङको चार नगरप्रमुखको उदाहरणीय कार्य भने ओझेलमा छ । उनीहरु हुन्, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, रङ्गेली नगरपालिकाका प्रमुख दिलीप बगडिया, लेटाङ नगरपालिकाका प्रमुख शङ्कर राई र उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो ।

स्थानीय तहका जनप्रतिनिधिले उपभोग गर्न पाउने सुविधाका सम्बन्धमा प्रदेश सरकारले कानुन बनाएर लागू गरेको छ तर यी चार नगरप्रमुखले भने सार्वजनिक घोषणा गरेरै सामाजिक कार्यमा खर्चिदै आएका छन् । आजको गोरखापत्र दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया