काठमान्डाैं / सर्वोच्च अदालतले पूजा बोहोरा सामूहिक बलात्कारमा परेको ठहर गर्दै दुई जनालाई दोषी प्रमाणित गरेको छ । यसअघि तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्ट्याउँदै उच्च अच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुयालको संयुक्त इजलासले बिहीबार जबर्जस्ती करणी मुद्दामा बैतडीका सागर भट्ट र अम्मरराज अवस्थीलाई दोषी ठहर गरेको हो ।

सजाय निर्धारणका लागि दुवै दोषीलाई पेस गर्न पनि इजलासले आदेश दिएको छ । इजलासले दुवै कसुरदारलाई सजाय पछि तोक्ने आदेश दिएको छ । मुलुकी अपराध संहितामा कुनै पनि व्यक्ति कुनै कसुरमा अदालतबाट कनुनबमोजिम कसुरदार ठहर भइसकेको अवस्थामा ३० दिनभित्र सजाय निर्धारण गर्नुपर्ने कानुनी व्यवस्था छ । आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया