बिराटचौक । मोरङको सुन्दरहरैचा नगरपालिकाले तिहारमा देउसी भैलो समुहलाई २ हजार १ सय भन्दा बढी रुपैया नदिन नगरबासीहरुलाइृ आग्रह गरेको छ । १५ बर्ष उमेर समुहका बालबालिकाहरुलाई १ सय सम्म १५ बर्षभन्दा माथिका समुहलाई ५ सयसम्म,क्लब,नाचगान समुहलाई ११ सय सम्म र संस्थागत समुहलाई २१ सय सम्म मात्र रकम दिन अनुरोध गर्दै सुचना प्रकाशित गरेको छ । बेलुका १० बजेसम्म मात्र देउसी भैलो खेल्न र कुनैपनि अबाञ्छित क्रियाकलाप नगर्न र गरेको पाईएमा कानुन अनुसार कारबाही गर्ने समेत जनाईएको छ ।

तपाईको प्रतिक्रिया