राजविराज ८ कार्तिक सप्तरीको कंचनरुप नगरपालिका–११ गोरपारमा शुक्रबार ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएकी छन् । घर लिपपोत गर्न माटो लिन पुगेकी १३ वर्षीया पुष्पाकुमारी सरदारको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको हो । पुष्पासँगै माटो लिन पुगेकी १५ वर्षीया मनपृत सरदार भने ढिस्कोमा परेर गम्भिर घाइते भएको , जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारती प्रहरीले जनाएको छ । मनपृतको उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल अस्पताल पठाइएको जनाएको छ ।

तपाईको प्रतिक्रिया