काठमाडौँ । बाँके कारागारका बन्दीले जेलर, चौकीदार र नाइके परिवर्तनको माग गर्दै बिहीबार राति अबेरसम्म पनि आन्दोलन जारी राखेका छन् । बिहीबार बिहान ७ बजेदेखि चौकीदार भरत फडेरा र नाइके मानबहादुर शाहीलाई कारागारभित्रै बन्दी बनाएका छन् । पुरुष बन्दीगृहको दोस्रो गेटमा ताला लगाएर फडेरा र शाहीलाई उनीहरुले थुनेका हुन् ।

कैदी र थुनुवाले चौकिदार नियुक्तिमा आर्थिक अनियमिता भएको, राज्यबाट पाउने सुविधा जेलरको निर्देशनमा चौकीदार र नाइकेले उपलब्ध नगराएको, बन्दीले विगतमा राशनबाट बचेको मासिक तीन सय रुपैयाँ पाउँदै आएकोमा सो रकम नपाएको, खाना वापत थप मासिक दुई सय रुपैयाँ तिर्नु परिरहेको र महंगोमा फोन गर्नु परेको आरोप लगाउँदै जेलर, चौकीदार र नाइके परिवर्तनको माग गरेका छन् ।

दिनभर मानव अधिकारकर्मी र पत्रकारलाई कारागार प्रवेशमा रोक लगाएको कारागार प्रशासनले अपरान्ह साढे ५ बजेतिर मात्र कार्यालयमा प्रवेश दिएको थियो । साँझ ६ बजेतिर आन्दोलनकारी बन्दीसँग भेट गराएको थियो । आन्दोलनकारी बन्दी विकास केसीले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका थिए । उनले जेलरले चौकीदार नियुक्तिमा आर्थिक चलखेल भएको आरोप पनि लगाए ।

‘१५र२० लाख रुपैयाँ लिएर चौकीदार बनाइएको छ । पैसा तिरेर बनेको चौकीदारले हाम्रो सेवा सुविधा दिनसक्छ रु’ पैसा लिएर चौकीदार नियुक्त नगरेको जिकिर गर्दै जेलर पाण्डेले यस विषयमा छानबिन गर्न माग गरेका छन् । ‘पैसा लिएको हो भने छानबिन हुनुपर्छ’, उनले पत्रकारसमक्ष भने ।

दुई सय पचास क्षमता रहेको बाँके कारागारको पुरुष बन्दी गृहमा झन्डै तेब्बर बन्दी अर्थात सात सय १९ जनालाई राखिएको छ । ५० जनाको क्षमता रहेको महिला बन्दीगृहमा ५३ जना गरी कारागारमा ७ सय ७२ जना कैदी र बन्दी छन् । कारागारमा अहिलेसम्मकै उच्च बन्दी हो । अाजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया