काठमाडौँ । जुवा खेलिरहेको आरोपमा ठूलो रकमसहित महाराजगञ्जबाट पक्राउ गरिएका घरधनी किरण गौतमसहित २५ जनालाई थप चार दिन थुनामा राख्न अनुमति दिइएको छ । प्रहरी अनुसन्धान जारी रहेकाले जिल्ला प्रशासन कार्यालय काठमाडौंँले चार दिन थुनामा राख्न अनुमति दिएको हो । अपराध संहिताले जुवा अपराध अन्तर्गत जुवा तथा कौडा खेल्ले र खेलाउनेलाई तीन महिना कैद र ३० हजार रुपियाँसम्म जरिवाना सजाय तोक्न सक्ने कानुनी व्यवस्था रहेको छ । महाराजगञ्जबाट पक्राउ २५ जनाविरुद्ध तीन महिना कैद तथा ३० हजाररुपियाँ जरिवानाको माग दाबी गरिएको छ । प्रहरीले अनुसन्धानका लागि बढीमा २५ दिन प्रहरी हिरासत राख्न सक्ने व्यवस्था छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएस्पी० उमेश लम्सालले महाराजगन्ज पिपलमार्गस्थित विक्रम गौतमको घरमा ठूलो धनराशि बाजी थापेर जुवातास तथा कौडा खेलाइन्छ भन्ने सूचना आएको दुई दिनपछि प्रहरीले जुवा अखडामा छापामा पारेको हो । एकै पटक २५ जना व्यक्ति दुई करोड ६७ लाख नगदसहित पक्राउ परेको यो पहिलो घटना भएको उहाँले बताउनुभयो । वृत्त प्रमुख लम्सालले अवैध जुवाघरलाई २४ घण्टासम्म गोप्यरूपमा निगरानीमा राखिसकेपछि मात्र छापा मारिएको बताउनुभयो ।

उहाँले थप्नुुभयो, ‘‘महाराजगञ्ज क्षेत्रमा सञ्चालित जुवा अखडा कारबाहीको यो आठौँ शृङ्खला हो, सूचना आउँदा ठूलो धनराशिको भने पनि यति ठूलाको कल्पनासमेत गरेको थिइनँ ।’’ पक्राउ परेकाहरू ‘बले’ भनिने बलराम सापकोटा र सोवित सिलवाल, रामकृष्ण केसी, इन्द्र श्रेष्ठ, रञ्जन राजबंशी र श्यामप्रसाद पराजुली, अशोक श्रेष्ठ, सिताराम खड्का, रोशन तामाङ्ग, राम तामाङ्ग, कृष्ण भण्डारी, सुमन अग्रवाल, पवन अग्रवाल, सुमन गुरुङ, सोहेल कार्की, पवित्रकुमार कार्की, धावा लामा, मुक्ति लामा, शम्भु बुढाथोकी, प्रेम थापा मगर, बुद्ध लामा, शम्भू शेर्पा, नवाङ्ग लामा र प्रदिप बोगटी रहेको प्रहरीले जनाएको छ ।

एक सय नौ जना पक्राउ

महानगरीय प्रहरी कार्यालयले दशँै र तिहारको समयावधिमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा छापामारी एकसय नौ जनालाई जुवा खेलेको आरोपमा पक्राउ गरेको छ । उनीहरुको साथबाट दुई करोड ७४ लाख रुपियाँ नगद बरामद गरेको छ । यसैबीच, कीर्तिपुरको ढाल्पामा कौडा खेलिरहेको अवस्थामा ३८ जनालाई १५ लाख ५४ हजार रुपियाँ नगद सहित पक्राउ गरिएको छ । भक्तपुर नगरपालिका ९ सूर्यमणिबाट रामगोपाल प्रजापती लगायत सातजनालाई एक लाख २५ हजार, गुण्डु बस्ने रामचन्द्र खतिवडासहित आठजनालाई दुई लाख ३७ हजार नगद सहित पक्राउ गरेको जानकारी प्रहरीले दिएको छ । अाजकाे गोरखापत्र दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया