इटहरी । पछिल्लो समय भएको बलात्कारको घट्नामा शंका उत्पन्न हुन थालेको छ । मिलोमतोमा यौनसम्पर्क भए पनि कुरो नमिल्दा बलात्कारको घट्नाले नराम्रो रुप लिन थालेको पाईन्छ । पछिल्लो एक महिनामा इटहरीमाा दुई ठुलो र अनौठो बलात्कारको घट्ना भएको छ । उक्त घट्नामा शंका उपशंका उत्पन्न भएको छ ।
इटहरी उपमहानगरपालिका–२० तरहरास्थित पानीपियामा एक भोजपुर घर भई इटहरी बस्दै आएकी विवाहित युवती बलात्कृत भईन । चिनजानकै परपुरुष सँग घुम्न गएको अवस्थामा तरहराको जंगलमा बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी गरिन ,उजुरीकै आधारमा इटहरी ८ गैसारका विजय राई पक्राउ परेका छन । उजुरीमा आफुलाई जंगलमा दुई मितिमा २ पल्ट बलात्कार गरेको उजुरी प्रहरीमा पर्यो ।

राईले भनेको नमाने ज्यान नै लिने र परिवारको सदस्यलाई समेत मार्ने धाक धम्की दिई जवरजस्ती मोटरसाईकलमा लगेर विहानको समयमा जंगलमा लगी जवरजस्ती करणी गरेको इलाका प्रहररी कार्यलय इटहरीले जनाएको छ । युवतीले लगाएको सुनको सिक्री समेत लगी फरार भएको भनी जाहेरीको आधारमा राइलाई पक्राउ गरेको इलाका प्रहररी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए ।
तर विवाहित युवती अर्को युवक सँग जंगलमा मोटरसाईकलमा बसेर किन गईन ? भन्ने प्रश्नमा चा

शंका उपशंका हुने प्रहरी आफै बताउँछ । सामाजिक अगुवाहरु भन्छन् पछिल्लो समयमा बलात्कारको घट्ना नाटक जस्तै हुन थालेको छ । मनमिलुन्जेल प्रेम नमिले पछि बलात्कार हुने गरेको जस्तै यो घट्ना हुन पुगेको छ । युवतीको उजुरीको आधारमा करणी सम्बन्धी कसूर ९ जवरजस्ती करणीमा राईलाई पक्राउ गरी मुद्धा चलाईएको छ ।

केहि दिन अगाडी मात्र इटहरीमा एक युवतीलाई पाँचजना युवाको समूहले सामूहिक बलात्कार गरे। कोसी राजमार्ग अन्तर्गत विराटनगर लाइनको साथी पेट्रोल पम्प नजिकै गाडीमा काम गर्ने युवाहरूले ती युवतीमाथि बलात्कार गरेका थिए । धरान घर भएकी ती युवती बेलबारी हिडेको थिईन । धरानबाट को १ ख ४६२६ नम्बरको बसमा हालेर इटहरी ल्याई युवतीलाई रोडको छेउमा पालै पालो बलात्कार गरेको प्रहरीले बताएको छ ।

तर बेलबारी हिडेकी ती युवती विराटनगर लाईन पुगुञ्जेल किन बोलिनन ? वा किन प्रतिवाद गरिन भन्ने प्रश्न भने खडा भएको छ । युवती विराटगर लाईन जादा चौकमा किन होहल्ला गरिनन् ? यो प्रश्न भने शंका गर्ने छ । उक्त घट्नामा इलाका प्रहरी कार्यालय इटहरीले बलात्कार आरोपमा सुन्दरहरैचा का बस चालक विकास कसई, झापा सुरुङ्गा का सुरज थापा, सिरहाका सुजेन्द्र भुजेल लगायतलाई प्रहरीले पक्राउ गरेका थियो ।

इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले भने यस्ता घट्नामा युवतीलाई बाध्य बनाएर बलात्कार गर्ने गरेको बताए । इटहरीमा तत्काल भएको यो दुई घट्नामा केहि न केहि शंका भने भएको बताउँछन । केटि साथीहरु घुम्न जादा पनि बलात्कारको प्रयास गर्ने गरेको उनको बुझाई छ । पहिला चिनजानको साथीहरुबाटै पनि बलात्कारको घट्ना हुने गरेको उनी बताउँछन ।

तपाईको प्रतिक्रिया