संखुवासभा । संखुवासभाको पाँचखपनमा भरुवा बन्दुकसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
पाँचखपन नगरपालिका–४ का ४३ वर्षीय रामबहादुर श्रेष्ठलाई लोड गरेको १ थान भरुवा बन्दुकसहित पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार भदौ १७ गते राति विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी टोलीले श्रेष्ठको घर कोठा खानतलासी गर्दा ओछ्यानमुनि लुकाई छिपाई राखेको अवस्थामा लोड भएको १ थान भरुवा बन्दुक फेला पारेको हो ।अवैध भरुवा बन्दुकसहित श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















