बेलबारी । मोरङको बेलबारी २ मा रहेको कविर माध्यमिक बिद्यालयमा कार्यरत २ जना शिक्षकहरुलाई सरुवाका लागि बिद्यालयले बेलबारी नगरपालिकाको शिक्षा शाखामा पत्रचार गरेपछि खैलाबैला मच्चिएको छ ।
बिद्यालयमा निरन्तर असहयोग र प्रशासनलाई असहयोग गरेको भन्दै प्रा.वि दरबन्दी भएका शिक्षकद्धय खेम पराजुली र बिष्णुकुमारी खतिवडालाई सरुवाको माग गर्दै एक साताअघि बिद्यालय ब्यबस्थापन समिति सहितले शिक्षा शाखालाई पत्रचार गरेको थियो ।
बिद्यालयका प्रधानध्यापक अभय लिम्बुले भने उनीहरुलाई कारबाही गर्ने,सरुवा गर्ने भन्दा पनि बिद्यालयमा निरन्तर असहयोग भएपछि अन्यत्र ब्यबस्थापन गर्नका लागि बिद्यालय ब्यबस्थापन समिति,शिक्षक अभिभावक संघ लगायते संयुत्त रुपमा नै शिक्षा शाखामा पत्रचार गरेको बताएका छन ।
आफुहरुले बिद्यालयमा असहयोग गरिएको भन्दा पनि आफुहरु माथि नियतबश नै बिद्यालयले सरुवाका लागि शिक्षा शाखामा पत्रचार गरेको शिक्षकहरुको गुनासो छ । यस बिषयमा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण मेन्याङबोले शिक्षकहरुले पटक पटक गल्ति गरेको,प्रशासन र बिद्यार्थीमाथी दुब्र्यबहार गर्ने गरेको बिद्यार्थी र अभिभावकहरुले पटक पटकको गुनासो गरेपछि स्पष्टिकरण सोधिएको तर शिक्षकहरुले स्पष्टीकरण समेत नदिएका कारण शिक्षा शाखामा पत्रचार गरिएको बताएका छन ।

तपाईको प्रतिक्रिया