विराटनगर / अवैध हतियारको कारोबार गर्ने दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मोरङको कटहरीबाट प्रहरीले हतियराको कारोबार गरेको आरोपमा सुरज भन्ने बि.के. भगतलाई शनिबार पक्राउ गरेको हो ।

प्रहरीले उनलाई छठ पूजाको राती पक्राउ परेको हो । सांगीतिक कार्यक्रममा होहल्ला गरेपछि लफडा गर्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उनको शरीर चेकजाँचको क्रममा उनको साथबाट पेस्तोल बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले भगतलाई पक्राउ गरेकोपछि उसकै बयानका आधारमा आइतबार राती मोरङको कदमाबाट थप एक जनालाई पक्राउ गरेको प्रहरी स्रोतको दाबी छ । उनीहरू दुवै जना अवैध हतियार कारोबारमा संलग्न रहेको बुझिएको छ । कदमबाट पक्राउ परेका जीवन विकासका कर्मचारी पनि हुन् । उनको नाम खुलेको छैन ।

यस विषयमा जानकारी दिन प्रहरीलेआज दुईबजे प्रहरीले पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ ।
एकबर्ष अघि जीवन विकास संस्थाका कलेक्टर धरानबाट लुटिएका थिए । जीवन विकास कै संस्थाको कर्चचारीको संलग्नतामा संस्थाका कर्मचारी माथि लुटपाट हुने गरेको प्रहरीले आशंका गरेको छ ।

तपाईको प्रतिक्रिया