काठमान्डाैं / नेपालमा डेढ दशक अघिसम्म निकै लोकप्रिय रहेको आधारभूत टेलिफोन सेवा अर्थात् पब्लिक स्वीच्ड टेलिफोन नेटवर्क (पीएसटिएन) यतीबेला अस्तित्व जोगाउने संघर्षमा छ । सरकारी स्वामित्वको नेपाल टेलिकमले मात्रै दिँदै आएको यो सेवा मोवाइल सेवामा भएको तीब्र विकाससँगै ग्राहक र कम्पनी दुवैको प्राथमिकतामा परेको छैन ।

पछिल्ला मोबाइल प्रविधिले पीएसटीएन सेवाको बजार हिस्सा खोसिएको छ । सेवाप्रदायक कम्पनी टेलिकमले यो सेवामा पछिल्लो १० वर्षमा १ लाख ग्राहक पनि बढाउन सकेको छैन । आजको कारोबार दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया