सिन्धुली / दुधौली नगरपालिका–४, एकहटियाका रितु मुसरले सामान्य घरायसी विवादमा श्रीमतीलाई तातो तेलमा डुबाइदिएका छन् । मुसरले ३२ वर्षीया श्रीमती आशा सदा मुसरलाई माछा तारिरहेको तेलमा डुबाएका हुन् । आशा गम्भीर घाइते भएकी छन् । उनका दुवै आँखा हेर्न नमिल्ने भएका छन्, अनुहार, घाँटी र शरीरमा फोका उठेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाका अनुसार गम्भीर घाइते भएकी आशालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि जिल्ला अस्पताल पुर्‍याइएकोमा त्यहाँबाट राजधानी रिफर गरिएको छ । श्रीमान् रितु फरार रहेको प्रहरीले जनाएको छ । जिल्ला अस्पतालमा पनि उपचार हुन नसकेपछि रिफर गरिएको छ । उनका एक वर्षका जुम्ल्याहा बच्चा छन् । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया