बझाङमा हाइड्रो पावरको सुरुङभित्र थुनिएका मध्ये तीन जनाको शव भेटिएको छ । बुंगल नगरपालिकास्थित कालङ्गा सुरुङभित्र थुनिएका मध्ये तीन जनाको शव सोमबार भेटिएकाे हाे । सुरुङभित्र लगिएको अक्सिजनको पाइपलाइन एकाएक अवरुद्ध भएपछि उनीहरू निसास्सिएर थुनिएका थिए ।

सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालाय कुरिनटारबाट गएको उद्धार टोली सोमबार थुनिएका चारमध्ये तीजनाको शव फेला पारेको छ । हराइरहेका अर्का एक जनाको पनि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता ईश्वरीदत्त पाण्डेले बताए । सुरुङभित्र दैलेखका कर्णबहादुर शाही, महेन्द्रबहादुर शाही, अछामका महेन्द्र साउद र बझाङका शेरसिंह धामी थुनिएका थिए ।

तपाईको प्रतिक्रिया