उदयपुर / उदयपुरमा सोमबार करिव ८ बजे राति चौदण्डीगढी नगरपालिका ९ ज्यामिरे स्थित त्रियुगा नदीको दहमा डुबेर बेपत्ता भएको मानिस मृत फेला परेको छ । खोटाङको सावा मझुवा गाउँपालिका कटहरे ६ घर भई हाल चौनपा ९ अजगरा ससुराली घर बस्दै आएका ४० बर्षिय सुबास बिकको लाश त्रियुगा नदीको जमेको पानीमुनीबाट सशस्त्र प्रहरी गोताखोर टोलीले मृत फेला पारेको हो ।

बेल्टार बजारबाट घरतर्फ फर्कदै गर्दा करिव ८ बजे डुबेर बेपत्ता भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गण गाईघाटका ११ सदस्य गोताखोर टोलीले सोमबार राति १ बजेसम्म खोजतलाश गर्दा पनि फेला पार्न सकेको थिएन ।

मंगलबार विहान ६ बजेबाट पुनः सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गण गाईघाटबाट ११ जनाको दैवी प्रकोप उद्धार तालिम प्राप्त टोली खोजी कार्य गर्दा विहान करिव साढे ८ बजे विक मृत फेला परेको थियो । त्रियुगा नदीको दहमा अन्दाजी २० फिट पानीमुनी शरिर हिलोमा गाडिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी बल ५ नं. गण उदयपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गाहर धन राईले जानकारी दिए ।

बेपत्ता भएकै स्थानबाटै पानीमुनीबाटै विक मृत अवस्थामा फेला पारेर मुचुल्का तयार गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउने कार्य भईरहेको प्रहरीले जानकारी दिए

तपाईको प्रतिक्रिया