ओखलढुङगा । ओखलढुङगाको मोलुङ गाउँपालिका-३ थुम्कीका १७ बर्षीय लालमान तामाङको भरुवा बन्दुकले लागेर मृत्यु भएको छ । सोमवार दिउँसो २ बजेको समयमा स्थानीय थुम्की जंगलमा बादर लखेट्ने क्रममा चित्र बहादुर सुनुवारले बोकेको भरुवा बन्दुक पड्कदा तामाङ घाईते भएका थिए ।

घाईतेलाई उपचारको लागी काठमाण्डौ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटि गई घटनामा संग्लन्न रहेका सुनुवारलाई पक्राउ गरेको छ ।

उक्त घटनामा संग्लग्न अन्य ४ जना फरार रहेकोले खोजी कार्य भईरहेको छ भने घटनास्थलबाट १ थान लोड भएको अवस्थामा र १ थान पड्किएको अवस्थामा रहेको भरुवा बन्दुक समेत बरामद भएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

तपाईको प्रतिक्रिया