इटहरी / सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत दुइ जना प्रहरी हवलदारलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले हालै पुरस्किृत गरेको छ । गत कार्तिक ७ गते इटहरी उपमहानगरपालीका २० तरहराको जंगलमा एक बालिकालाइ ज्यान मार्ने धम्की दिदै जबरजस्ती करणि गरी फरार रहेका अभियुक्तलाइ पक्राउ गर्न पूर्याएको अनुशन्धान प्रति मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले उनिहरुलाइ पुरस्किृत गरेको हो ।

यसरी पुरस्किृत हुनेहरुमा इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत प्रहरी हवलदार संजिप कुमार अधिकारी र भुपेन्द्र थापा रहेका छन । उनिहरुले गत र्कातिक १२ गते बालकिालाइ जबरजस्ती करणि गरी फरार रहेका अभियुक्त खोटाङ जिल्ला रुपाकोट मझुवागढी घर भई हाल इटहरी उपमहानगरपालीका ७ गैसार निवासी र्बष २१ का बिजय राईलाइ पक्राउ गरेका थिए ।

अभियुक्तलाइ पक्राउ गर्नुभन्दा अगाडी दुवै प्रहरी हवलदारहरुले अनुशन्धान प्रति देखाएको सकिृयतालाइ मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले पुरस्किृत सहित दुवै प्रहरी हवलदारहरुको नाम प्रहरीको अभिलेख पुस्तकमा दर्ता गर्न सामान्य प्रशासन मन्त्रालयलाइ पत्रचार समेत गरेको छ ।

तपाईको प्रतिक्रिया