कुवामा डुबेर आज बिहान एक पुरुषको मृत्यु भएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ भुष्टुङमा रहेको कुवामा डुबेर अन्दाजी ५४ वर्षीय सोमबहादुर कामीको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए ।

गुल्मीको सत्यवती गाउँपालिका लुम्पेकका कामी विगत झण्डै १०÷१२ वर्षदेखि भुष्टुङमै बस्दै आएका स्थानीय चोलाकान्त पाण्डेले बताए । कुवामा डुबेको अवस्थामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनाको कारण भने खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया