दोलखा : आइतबार चौतारा साँगाचोकगढी नगरपालिका ९ को सुकुटेस्थित सुनकोशी नदीमा भएको बस दुर्घटनामा ज्या’न गुमाएका १४ वर्षीय रिकेश खड्का ६४ वर्षीय हरिबहादुर खड्काका एक्ला सन्तान हुन् ।

दुईवटा विवाहबाट सन्तान नजन्मिएपछि तेस्रो विवाह गरेका हरिबहादुरको ५० वर्षको उमेरमा जन्मिएको एक्लो छोराको समेत दुर्घटनामा निधन भएपछि उनी गहिरो पीडामा छन् । छोरालाई इन्जिनियर बनाएर विकासमा लगाउने खड्काको इच्छा सुनकोशीमा क्षणभरमै विलिन भयो।

सोही दुर्घटनामा ज्या’न गुमाएकी २० वर्षीय कविता राउतको सरकारी जागिर खाएर अधिकृत बन्ने लक्ष्य रहेको उनकी फुपू सरस्वती राउतले बताइन् । सदरमुकामको कालिञ्चोक माविबाट भर्खरै एजुकेशन साइन्समा प्लसटुमा ३ दशमलब ४१ जीपीएसहित क्याम्पस प्रथम भएकी थिइन। सरकारी जागिरको तयारी कक्षा र स्नातक तहको पढाइका लागि भर्ना हुने लक्ष्यसहित बिहान हाँसीखुशी बस चढेकी कविताको निधनको खबरले उनकी आमा अम्बिका राउत छिन छिनमा मुर्छा पर्छिन्।

बस दुर्घटनामा छोराको निधनको खबर सुनेका खड्का र छोरीको निधनको खबर सुनेकी अम्बिका बोल्न नसक्ने अवस्थामा छन्। सोमबार दिउँसो २ बजे शैलुङ गाउँपालिका ५, काटाकुटीको खड्का र राउतको टोल पुग्दा सुनसान थियो।

काटाकुटीमा रहेको टिकट काउण्टरबाट आइतबार आफैंले टिकट का’टेर पठाएका आफन्त तथा छिमेकीमा सन्नाटा छाएको थियो। सान्त्वना दिन मृ तकको घरमा पुगेका छिमेकी पनि एकअर्काको अनुहार हेर्दै टुलुटुलु हेरिरहेका थिए। आँशु झार्नु बाहेक विकल्प थिएन।

आइतबार सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा परी काटाकुटीमा मात्र ९ जनाको निधन भएको छ।’गाउँका धेरै मानिस दुर्घटनास्थल सिन्धुपाल्चोक गएका छन्, गाउँ शोकमग्न छ,’ एक मृ तकका छिमेकी ६९ वर्षीय बिर्खबहादुर खत्रीले भने। रविन्द्र गौतमले अन्नपूर्ण पोस्ट अनलाइनमा यो खबर लेखेका छन् ।

सुकुटे बस दुर्घटनाः आमा छोरा र छोरीको एउटा चिता, गरियो ७ को सामूहिक दाहसंस्कार ( १० तस्विर सहित)

अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा ज्या न गुमाएकामध्ये सात जनाको सामूहिकरुपमा दाहसंस्कार गरिएको छ । उनीहरुको बाह्रबिसेस्थित भोटेकोशी नदीमा दाहसंस्कार गरिएको हो ।

दोलखाको शैलुङ गाउँपालिका–५ काटाकुटीका पाँच, शैलुङ माइत भएकी त्रिपुरासुन्दरी गाउँपालिकाकी एक महिला तथा उनको छोराको यहाँ सामूहिकरुपमा दाहसंस्कार गरिएको हो । शैलुङ गाउँपालिका–५ का रिकेश खडका, रत्नकुमारी राउत, उनका छोरा किरण, कविता राउत, रञ्जिता केसी, चमेली श्रेष्ठ र उनकी छोरी सायरानीको श्रेष्ठको सामूहिकरुपमा दाहसंस्कार गरिएको सो गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिनुभयो ।


मृ तकहरुमध्ये कोहीको बौद्ध संस्कारअनुसार दाहसंस्कार गर्नु पर्ने भएकोले काठमाडौंको बौद्धमा लगिएको र कोहीका आफन्त काठमाडौंमा रहेकोले पशुपति आर्यघाटमा लगिएको गाउँपालिकाका अध्यक्ष दुलालले जानकारी दिए।

मृ तकमध्ये उदयपुरको विजय तामाङको श व उदयपुर नै लगिने र चितवनकाी पूजा बस्नेतको श व लिन आफन्त सम्पर्कमा आइनसकेकोले काठमाडौंस्थित टिचिङ अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। उक्त दुर्घटनामा मृ त्यु भएका केही यात्रुको भने आफन्त नआएका कारण दाहसंस्कार हुन नसकेको उहाँले बताउनुभयो । अरनिको राजमार्गअन्तर्गत सुकुटेमा आइतबार भएको बस दुर्घटनामा १८ जनाको निधन भएको थियो । दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा२ख ७२४५ नंको बस सुनकोशी नदीमा खसेको हो ।

सुकुटे दुर्घटना : अझै पाँच घाइते अस्पतालमै

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेमा आइतबार भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये अझै पाँचको अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा परी घाइते भएकामध्ये धुलिखेल र बनेपामा गरी ४९ को उपचार भएको थियो । सो क्रममा धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचाररत ४७ मध्ये चारलाई आइतबार नै थप उपचारका लागि काठमाडौँ पठाइएको र बाँकीको उपचार भइरहेकामा ४१ घाइते उपचारपछि घर फर्किसकेका प्रहरीले जनाएको छ ।

अझै तीन जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो । उहाँका अनुसार उपचाररत घाइतेमा जीवन खड्का, प्रवीण आलेमगर र सविता थापा छन् । घाइते सबै दोलखाका रहेको प्रहरीले जनाएको छ ।

बनेपास्थित शिरमेमोरिय अस्पतालमा विन्दुमाया लामा र खेमध्वज तामाङको उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो । दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा२ख ७२४५ नंको बस चौतारा साँगाचोकगढी नगरपालिका–९ अरनिको राजमार्गस्थित सुकुटेमा दुर्घटना हुँदा सडक तल सुनकोशी नदीमा खसेको थियो । सौजन्यः भरत दुलाल

 

 

 

तपाईको प्रतिक्रिया