पाँचथरको याङ्वरक गाउँपालिक–२, फलैँचामा ससुराले आफ्नै बुहारीलाई बोक्सी भन्दै डाम्ने प्रयास गरेका छन् ।

छिमेकी महेन्द्रप्रसाद पौडेलसँग मिलेर ससुरा कान्तप्रसाद गिरीले आफूलाई डाम्न खोजेको बुहारी पूजा भारतीले बताएकी छिन् ।
यस अघिका समयमा पनि आफूमाथि कुटपिट भएको र आफूमाथि भएको जघन्य अपराध विरुद्ध नजिकैको प्रहरी चौकीमा ठाडो उजुरी दिए पनि तत्काल पक्राउ गरेर कारबाही गर्न प्रहरी अग्रसर नभएको उनको गुनासो छ ।

डाम्ने तयारीमा ससुराले फलाम तताउँदै गर्दा महेन्द्रले समाइरहेको अवस्थामा फुत्किएर माइतीघर हिलिहाङ गाउँपालिका–३, कुर्लुम्बा पुगेकी पूजा भारती अहिले माइतीको शरणमा पुगेकी छन् । श्रीमान् तेजप्रसाद पनि बुबाआमाकै कुरा सुनेर आफूलाई यातना दिने गरेको उनले बताइन् ।

उक्त घटनापछि कान्तप्रसाद र महेन्द्रप्रसाद हाल फरार रहेको र फरार आरोपितहरुको खोजी भइरहेको पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया