भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं –४ चखेवामा बसले किच्दा एक जनाको ज्यान गएको छ । रोकिराखेको ना ४ ख ८५५९ नम्बरको बसमा ओत लाउने क्रममा बसपछि सरेर किच्दा सोही गाउँपालिकाको वडा नं –२ छिनामखुको वादुङला बस्ने सहचालक २३ वर्षीय विकास राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

भोजपुर सदरमुकामबाट यात्रु लिएर गएको बसले पार्किङ गर्ने क्रममा विहिबार) साँझ करिब ६:३० बजे राईलाई किचेको प्रहरीको भनाईछ । बस र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया