त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुइअाेता जहाज एक अापसमा ठाेक्किएका छन् । विराटनगरबाट उडेको श्री एयरलाईन्सकाे जहाज र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ वेमा यतिको राेकि राखेकाे जहाजसँग ठोक्किएको हाे ।

विराटनगरबाट आज विहान १०: ३० उड्ने भनिएको जहाज डिले भएर १ बजे मात्र उडेको थियो । श्री एयरलाइन्सको जहाजले पार्किङ गरिराखेको यतिको जहाजलाई छोएको हो ।

श्री एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरका अनुसार विराटनगरबाट उडेको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजसँग ठोक्किएको हो । जहाजमा सामान्य क्षति भएको छ । अन्य सबै सामान्य रहेको उनले बताए । अहिले नेपाल नागरिक उड्डयन प्राधिकरण र दुबै कम्पनीका अधिकारीहरुले जहाजको निरीक्षण गरेका छन् ।

तपाईको प्रतिक्रिया