इटहरी, लामो समय विवादमा रहेको इटहरीको मुख्य सडक ६ लेनको बनाउने कार्य अघि बढेको छ । विराटनगर देखि धरान सम्म ६ लेनको सडक बनाउने कार्य तिव्र गतिमा अघि बढेता पनि इटहरीमा भने धेरै घर टहरा भत्किने अवस्थाको कारणले केही समय देखि उक्त सडकमा विवाद उत्पन्न भएको थियो ।

केही समय अघि सरोकारवालाहरुको छलफलमा सडक विस्तार गर्ने तर उक्त स्थानमा रहेका व्यापारिक घर टहराहरु नभत्काउने तरिकाले उक्त स्थानमा ६५ फिट कायम हुने गरि सडक विस्तार गर्ने सहमती भएको थियो ।

उक्त सहमती अनुसार सोमबार देखि उक्त सडकको निर्माण कार्य अघि बढेको छ ।

तपाईको प्रतिक्रिया