मोरङ / मोरङको कटहरी गाउँपालिका-७ का कुनन्द बि.क.को ६ बर्षीय छोरा कृष बि.क.को माछा पोखरीमा डुबेर मृत्यु भएको छ । आईतवार अपरान्ह ५ बजेको समयमा घर नजिकै रहेको माछा पोखरीमा डुबेर मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै प्रहरी चौकी थलाहाबाट खटिएको प्रहरी टोलीले बालकलाई पोखरीमा डुबिरहेको अबस्थामा फेला पारेको थियो । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय मोरङबाट अनुसन्धान अधिकृत सहितको टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव परिक्षणको लागी कोशी अस्पताल पठाएको तथा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया