अज्ञात समूहद्धारा  एक बसमा आगजनी गरिएको छ । कैलालीको सिमथरी स्थित एक बसमा आगजनी गरिएको छ ।

आइतबार राति घोडाघोडी नगरपालिका–४ मा सडकको छेउमा रहेको काक्रेविहार यातायातको ना ४ ख ७३५० नम्बरको बसमा अज्ञात समूहले आगजनी गरेका हुन् ।

दैलेखका धनराज शाहीको नाममा रहेको सो बस केही दिनअघिदेखि त्यस क्षेत्रको बाटो छेउमा पार्किङ गरी राखिएको थियो ।

उनका छोराले मासिक भाडामा उठाउँदै आएको उक्त बसमा गए राति अज्ञात समूहले आगजनी गरेको सुखडस्थित इलाका प्रहरी कार्यालयका प्रमुख हरिशरण भट्टले जानकारी दिए ।

तपाईको प्रतिक्रिया