नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतवि’रूद्ध अन्तर्राष्ट्रिय अदालत जानुपर्ने बताएका छन् । राज्यव्यवस्था समितिको बै’ठकमा सांसद सुवालले भारतले नेपालको भूमि आफ्नो नक्सामा राखेपछि अब अन्तर्राष्ट्रिय अदालत जानुपर्ने तर्क गरेका हुन् । उनले ३५ दिनभित्र अन्तर्राष्ट्रिय अदालतमा भारतवि’रूद्ध मु’द्दा दिनुपर्ने बताए । नेपालमा रहेका भारतीय राजदूतलाई स्प’ष्टीकरण सोधिनुपर्ने र अरू राजदूत सबैलाई बोलाएर कालापानी भारतले मि’चेको जानकारी गराउँदै सहयोगका लागि आ’ग्रह गर्नुपर्ने उनको भनाइ थियो ।

खुला सीमा सु’रक्षाका लागि नेपाली सेना पठाउन पनि उनले माग गरे । बै’ठकमा गृहमन्त्री रामबहादुर थापाले कालापानीमा सु’रक्षा पो’स्ट राख्ने तयारी भइरहेको बताए । थापाले दार्चुलामा सीमा सु’रक्षा ब’ल रहे पनि विवादित भूमिमा सुर’क्षापोस्ट नरहेकाले राख्न लागिएको जनाएका हुन् ।“दार्चुलामा सीमा सु’रक्षा ब’ल छ । वि’वादित क्षेत्रमा छैन, अपुग छ । त्यसलाई म’जबुत गर्नुपर्छ । विवादित क्षेत्रमा सु’रक्षा पो’स्ट विस्तार गर्ने तयारीमा गृह मन्त्रालय छ,” बै’ठकमा थापाले भने । उनले कालापानीको स’मस्या ६ दशक लामो भएको बताउँदै स’मस्या स’माधानमा सरकार ग’म्भीर रहेको दा’बी गरे ।

नेकपाकी सांसद पम्फा भुषालले सीमा नि’यमन गर्नुपर्ने र खुला हुन नहुनेमा जो’ड दिइन् । उनले भनिन्, “सीमाको कुरा कति उठाउने रु सशस्त्र प्रहरीलाई सीमा सु’रक्षामा लगाउनुपर्छ । सीमा अ’तिक्रमण भारतको सशस्त्र फो’र्सले गर्छ, यो राम्रो कुरा होइन। राष्ट्रियता माथि नै चु’नौति छ । ज’टिल स्थितितिर जाँदैछौं हामी ।”समितिको बै’ठकमा प्रधानमन्त्री केपी ओली पनि सहभागी हुने का’र्यसूची भए पनि ओली भने उपस्थित भएनन् ।

तपाईको प्रतिक्रिया