तुलसीपुर– जंगलमा डेटिङ गर्न जाने प्रेमी जोडीको अश्लिल भिडियो बनाइ ब्ल्याकमेलिङ गर्ने लुटेरा समूहमाथि प्रहरीले गोली चलाएको छ ।

दाङको तुलसीपुर क्षेत्रको जंगलमा जाने प्रेमी जोडीको भिडियो बनाएर ब्ल्याकमेलिङ गरी लुटपाट गर्ने ३ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–३ का २६ वर्षीय दुजबहादुर खत्री, १९ वर्षीय नवीन नेपाली र विमल वली छन् ।

उनीहरुले डेटिङ जाने जोडीहरुको अश्लिल भिडियो बनाएर ब्ल्याकमेलिङ गर्ने गरेका थिए ।

प्रहरीले उनीहरुलाई पीडित पक्षबाट ५ लाख रुपैयाँ लिँदै गर्दा पक्राउ गरेको हो ।

प्रहरी देखेर भाग्न लागेको अवस्थामा तीनै जनालाई गोली प्रहार गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त समूहका अन्य २ जना ईश्वर पुन र अर्जुन पुन फरार रहेका प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया