एक सरकारी अस्पतालमा कार्यरत नर्सले नवजात शिशुको औँला काटिदिएपछि उनको मृत्यु भएको छ । नवजात शिशुको दुवै हातमा ६/६ वटा औँला थिए । ती नर्सले दुवै हातका एक/एक औँला काटिदिइन् । लगत्तै बच्चाको मृत्यु भयो ।

बच्चाका बुवाले महिला स्वास्थ्यकर्मी विद्यादेवीविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । प्रहरीले हत्या मुद्दामा उजुरी दर्ता गर्दै अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्राप्त जानकारी अनुसार शनिबार राति उत्तर प्रदेशको हरदोईस्थित करेखा गाउँकी लक्ष्मी नाम गरेकी महिला व्यथा लागेपछि बिलग्रामको सामुदायिक स्वास्थ्य केन्द्रमा भर्ना भएकी थिइन् । आइतबार बिहान लक्ष्मीले छोरा जन्माइन् ।

नवजात शिशुको दुवै हातमा ६/६ औँला थिए । लक्ष्मीका श्रीमान् रविन्द्रले आरोप लगाएका छन् कि स्वास्थ्यकर्मी विद्यादेवीले शिशुको हातमा रहेका एक÷एक औँला काटिदिइन् ।

त्यसपछि बच्चाको अवस्था बिग्रियो तर स्वास्थ्य केन्द्रले सुत्केरी महिला र नवजात शिशुलाई डिस्चार्ज गरिदियो अस्पतालबाट बाहिर निस्कने बित्तिकै बच्चाको मृत्यु भयो ।

अस्पतालका डाक्टर एसके रावतले भने, ‘बच्चाको औँला काट्ने विषयमा परिवारको सहमति लिएको थियो या थिएन त्यसबारे छानबिन गरिनेछ ।’

तपाईको प्रतिक्रिया