सवारी दुर्घटनामा एकको मृत्यु

काभ्रे- काभ्रेपलाञ्चोकको बनेपामा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । बनेपा नगरपालिका–१० जनागालस्थि अरनिको राजमार्गमा आज (मंगलबार) बिहान टिपर र बोलेरोले मोटरसाइकल च्यापिँदा एक जनाको मृत्यु हुनुका साथै एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईका अनुसार बा३ख ७०८७ नम्बरको टिपर र बा१०च २१५४ नम्बरको बोलेरोले च्यापिँदा अनटेष्ट मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मुत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार रहेका भक्तपुर नगरपालिका–९ च्यामासिङस्थित बागेश्वरी कलेजमा अध्ययनरत विद्यार्थी २० वर्षीय विमल कुटुजु रहेको प्रहरीले जनाएको छ ।

सो घटनामा परी सोही कलेजमा अध्ययनरत भक्तपुर–८ का मोटरसाइकल चालक कृष्ण दाहाल गम्भीर घाइते भएका छन् । उनको बनेपास्थित करुणा अस्पतालमा उपचारपश्चात भक्तपुरस्थित मध्यपुरथिमि अस्पतालमा सिफारिश गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया