सुनसरी / सुनसरीमा सवारी दुर्घटनामा परि एक जनाकाे मृत्यु भएकाे छ भने एक जना घाइते भएका छन् । कोशी गाउँपालिका-४ मा भएकाे दुर्घटनामा पृथ्वीनगर नगरपालिका-४ का २९ बर्षीय दिपेश मुखिया सुनुवारको मृत्यु भएकाे हाे ।

बिहान साँढे ९ बजेको समयमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको स १ झ २६८ नम्बरको गाडीले बिपरीत दिशाबाट आउँदै गरेको को ३० प ५३०१ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकलको पछाडी सवार रहेका पृथ्वीनगर नगरपालिका-४ का २९ बर्षीय दिपेश मुखिया सुनुवारको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा बिहान पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक दमक नगरपालिका-१० का ३० बर्षीय योगेस कुमार धिमालको बिराट नर्सिङहोममा उपचार भईरहेको छ । दुर्घटना भएका दुबै सवारी साधन र स १ झ २६८ नम्बरका गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया