रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा विस्फोट भएको छ ।

मठिया प्रहरी चौकीमा कार्यरत एकजना प्रहरी कर्मचारीका अनुसार मंगलबार दिउँसो १४ बजेर ४० मिनेटमा प्रहरी चौकीमा विस्फोट भएको हो ।

विस्फोटबाट १ जना प्रहरी जवान घाइते भएका छन् ।

घाइतेको नाम भने सार्वजनिक गरिएको छैन ।

प्रहरीले बम विस्फोट पछि १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया