रौतहट /  ईशनाथ नगरपालिका ४ नेपाल भारत सिमा क्षेत्रको मठियामास्थित प्रहरी चौकीमा भारतबाट आएका अपराधिक समुहले बम प्रहार गरेको थियो । बम प्रहार गर्ने समुहले बिआर ०५८६५०१ नम्बरको हिरो डिलक्स मोटरसाइकल चढेर आएको प्रहरीको भनाई छ । ती अपराधिक समुहले गरेको बम प्रहारबाट सेन्ट्री डिउटीमा रहेका प्रहरी जवान रन्जित यादव सामान्य घाइते भएका छन् ।

बमको छर्रा लागेर चौकी नजिक रहेको एउटा खसी मरेको छ। प्रहरीका अनुसार बम प्रहार गर्ने भारतको विहार राज्यको ढाकाका २५ बर्षीय चन्दन कुमार पक्राउ परेका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी नै छ । प्रहरीका अनुसार बम प्रहार गर्न मोटरसाइकलमा २ जना आएका थिए । घटनाको बारेमा अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया