निकै नै विवाद पश्चात सुरुवात गरिएको धरान बिराटनगर सडकखण्ड पहुँचको भरमा मापदण्ड विपरित ६ लेनको सडक विस्तार गरिएको भन्दै एक युवाले गोरखा डिपार्टमेण्ड स्टोर तोडफोडको प्रयास गरे पछि पक्राउ परेका छन् ।

पहुँचको भरमा मुख्य चौकको क्षेत्रमा ८२ फिट हुनु पर्ने सडक ६५ फिट मात्र किन भयो भन्दै इटहरी २० का नवराज मैनालीले गोर्खा डिपार्टमेण्ड स्टोरको सटर तानेका थिए ।  पहुँचको आधारमा मुख्य बजारको बाटो घरहरु भत्कने भन्दै मापदण्ड विपरित बनाउन लागिएको भन्दै आलोचनाहरु भइरहेका छन् ।  अन्य ठाउँको भन्दा सानो बाटो बनाएको भन्दै गोरखा तोडफोड गर्ने गएका इटहरी २० का नवराज मैनाली पक्राउ परेका हुन । इटहरीको तरहरा क्षेत्रमा सडक विस्तार साडे ८२ फुटनै कायम गरे पनि इटहरीको मुख्य चौक भने ठुला ब्यापारीको पुहँचले ६५ फुट मात्र किन बनाएको भन्दै मैनालीले डिपार्टमेण्टको सटर तानेका थिए । ३९ किलोमिटर क्षेत्रमध्ये ३४ किलो मिटरमा काम भई रहेको बताइएको सो सडक खण्ड योजनाको काम आगामी असार मसान्त सम्ममा सडक निर्माण कार्य सम्पन्न गरी सक्नुपर्ने भएपनि इटहरीमा सिमा कायम गर्ने कामसमेत हुन् नसकेकोले कहिले निमार्ण कार्य सम्पन्न हुने हो अन्योल रहेको छ ।

तपाईको प्रतिक्रिया