मोरङमा प्रहरीमाथि आक्रमण गर्ने ६ जना युवायुवालाई पक्राउ गरिएको छ । मोरङको रतुवामाई नगरपालिका–८ दाम्रभिट्टाबाट ६ जना युवालाई पक्राउ गरिएको छ ।

बुधबार राति मदिरा सेवन गरेर प्रहरीमाथि दुरव्यवहार र आक्रमण गर्ने ६ जना युवालाई पक्राउ गरिएको हो ।साथीको जन्मोत्सव मनाउन जम्मा भएका ती युवाहरु मदिरा सेवन गरेर बजारमा होहल्ला गर्दै राति ११ बजे हिँडिरहेको पाइएपछि प्रहरीले सम्झाइ बुझाइ गर्दा उल्टै मदिराको बोतल प्रहार गरेका थिए ।

गस्तीमा रहेका प्रहरीमाथि आक्रमण गरि पक्राउ पर्नेमा धनकुटाको महालक्ष्मी नगरपालिका ३ का १९ वर्षीय सुमन कार्की, दिप्सन थापा, २० वर्षीय डुवेन्द्र थापा, शासन कार्की, रतुवामाई–८ घर भएका २० वर्षीय रवि पराजुली र रतुवामाई–७ घर भएका २० वर्षीय सुजन बस्नेत रहेका छन् ।

वडा कार्यालय अगाडि चउरमा बसेर राति १२ बजेतिर मदिरा सेवन गरिरहेका युवाले गस्तीका प्रहरीमाथि आक्रमण गरेपछि पक्राउ गरिएको मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले बताए ।

 

 

तपाईको प्रतिक्रिया