इटहरीमा निर्माणाधिन ६ लेनको सडक खण्ड मापदण्ड अनुसार नै निर्माण भएको सडक निर्माण आयोजनाले जानकारी दिएको छ । शुक्रबार  इटहरी उपमहानगरपालिकाको साँस्कृतिक भवनमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै ६७ सालमा बनेको डिपिआर अनुसार नै निर्माण भएको रमेशकुमार गोइतले जानकारी दिए ।

panchakoshi times

त्यसै गरी इटहरी तरहरा सडक खण्ड बराबरी मापदण्डमा भएको सडक विभागका इन्जिनियर गौतम देबले बताए । एक दुई जनाले फैलाएको अफवाहले चौतफी विरोध भएको तर ४० मिटर फराकिलो सडक बनिरहेको तरहरामा जति चौडाइ छ त्यतिनै इटहरीमा नि रहेको देवले बताए । नेपाली कांग्रेसका नगर सभापती हेमकर्ण पौडेलले कांग्रेस सडक खण्ड विस्तारको बाधक भएको भन्ने कुरा निराधार भएको र सडक भत्काउने काम राजनीतिक दलको भन्दा पनि सडक आयोजना र नगरपालिकाको भएको पौडेलले जानकारि दिए । पछिल्लो समय मापदण्ड विपरित इटहरी चौकको सडक खण्ड विस्तार भएकोभन्दै चौतफी विरोध भएरहेको छ ।

तपाईको प्रतिक्रिया