यतिखेर देश उपनिर्वाचनको माहोलले तत्तिएको छ । सनिवार देशभरका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह उपनिर्वाचन अन्तर्गत रिक्त स्थानमा निर्वाचन भएको हो । प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३ र स्थानीय तहका ४८ (प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष र वडाध्यक्ष) सिटका लागि मतदान भएको हो ।
यतिखेर देशभरबाट निर्वाचन परिणामहरु सार्वजनिक भैरहेका छन् ।

यतिखेर दलहरु आफ्नो बिरासत बचाउने र अर्काको विरासतमा आफुले कब्जा जमाउनमा नै केन्द्रित रहेका यो उप निर्वाचनले एउटा जबर्जस्त संदेश दिरहेको छ ।
समग्र देशभरको मत खसेको प्रतिशत हेर्दा जनतामा खासै कुनै उत्साह नभएको देखिएको छ । दुई तिहाइ बहुमतको स्थायी प्रकृतिको सरकार भएको यो समयमा जनप्रतिनिधि चुन्न जनमासमा एकप्रकारको उत्साह र उमङ्ग छाउनु पर्नेमा त्यस्तो नदेखिनु गम्भीर विषय हो ।

देशमा यतिखेर देखिने गरी कुनै ठोस काम नहँुदा जनतामा एक प्रकारको निराशा छाइराखेको देखिन्छ । त्यसकै उपज यो निर्वाचनमा मतदानमा सरिक हुन मतदाता मतदान स्थल सम्म आउन खास इच्छुक नभएको भन्दा अनुपयुक्त नहोला ।
यद्धपि निर्वाचन आयोगले निर्वाचनमा राम्रो मत खसेको दाबि भने गरिरहेको छ । तर अहिलको अवस्थामा कम्तिमा पनि ८० प्रतिशत पनि मत नखस्नुलाई राम्रो भन्न सकिन्न । कतिपय ठाउँमा त जम्मा १६ प्रतिशत मत मात्रै खसेको छ । अहिलेको अवस्थामा यो कुनै पनि हालतमा सुखद हैन ।
दलहरुले सत्ता र कुर्सिको दौडमै ध्यान दिँदा आम नागरिकमा निराशा देखिन्छ । यो उपनिर्वाचनमा एकातिर सत्तारुढ दललाई आफ्ना काम कार्वाहीमा जनताको नजर कस्तो रहेछ भनेर हेर्ने अवसर मिलेको छ भने अर्को तर्फ विपक्षीहरुलाई नि आफुलाई प्रमाणित गर्ने एउटा अवसर को रुपमा यो उपनिर्वाचानाले भूमिका खेलेको छ । यहि नेर सरकारले यो निर्वाचनमा खसेको मतलाई विश्लेषण गर्दै जनमुखी कार्य गर्न जरुरि देखिन्छ

तपाईको प्रतिक्रिया