इटहरी । इटहरीको मुख्य चौकमा रहेको दुई बर्ष अगाडी बनेको सुर्य कम्लेक्समा रहेको बिग बारमा आगलागी भएको थियो ।

साडे तीन घण्टापछि ९ वटा दमकलको साहयतामा आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए । विरानगर,दमक,सप्तरी,धरानको २वटा दुहवी,महेन्द्रगर सुन्दरहरैचा र इटहरीको गरि ९ वटा दमकल सँगै प्रहरीको साहयतामा आगो नियन्त्रणमा आएको प्रहरीको भनाई छ।

आगलागी हुँदा अनुमानित ६ करोड बढिको क्षती भएको  जनाएको छ। ७ महिना यता संचालनमा आएको सो रेष्टुरेण्टमा ५ करोडको लगानी रहेको संचालक किरण कुमार बुढाथोकी बताउँछन् । बुढाथोकीका अनुसार आफु १२ बजे रेष्टुरेन्ट बन्द गरेर घर हिँडेको राती १ बजे मात्र आफुले थाह पाएको बताए ।।

आगोको मुस्लो देखिएपछि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना र दमकलको सहयोगमा आगो निभाए । चौथो तलामाथि लागेको आगो निभाउन दमकल र सुरक्षाकर्मीलाई मुस्किल भएको बताइएको छ । बन्द रहेको बिग बार रेष्टुरेण्टमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया